दफा २६
प्रारम्भिक छानविन
कसैले यस ऐन अन्तर्गतको कसुर गरेको वा गर्न लागेको छ भन्ने कुराको उजुरी वा जानकारी प्राप्त गरेपछि अनुसन्धान अधिकारीले सो विषयको प्रारम्भिक छानबिन आवश्यकता अनुसार गोप्य रूपमा गर्नु पर्नेछ ।